
असोज १४, २०८० काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको विदेश भ्रमण सफल भएको निष्र्कष निकालेको छ । सो पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा समग्रमा हेर्दा प्रधानमन्त्रीको भ्रमण सफल भएको बताएका हुन् ।