Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

एमाले गण्डकीको अधिवेशन आजदेखी सुरु, नौ सय सात प्रतिनिधिले भाग लिँदै

असोज १४, २०८० काठमाडौं । नेकपा (एमाले)को प्रथम गण्डकी प्रदेश अधिवेशन सोमबारदेखि पोखरामा सुरु हुँदैछ । अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दबाडीले जानकारी दिनुभयो । अधिवेशनमा प्रदेशका ८५ वटै स्थानीय तहबाट नौ सय सात प्रतिनिधिले भाग लिने उहाँको भनाइ छ ।