चैत २०, २०७९ काठमाडौं। नेकपा एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन भएका छन् । आज बिहान सिंहदरवारमा बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतक चयन गरेको हो । प्रमुख सचेतक भएका प्रकाश ज्वाला भौतिक मन्त्री भएपछि चौधरीलाई सचेतक बनाइएको हो ।