Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

सिके राउतको ज्यान मार्ने मन्त्री रेणु यादवको अभिव्यक्ति सरकारको ‘नोटिस’मा छः गृहमन्त्री

माघ ९, २०७८ काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको अभिव्यक्ति सरकारको नोटिसमा रहेको बताएका छन् । मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतको हत्या गर्ने आशयको चेतावनी दिएपछि गृहमन्त्री खाणले यस्तो बताएका हुन् । उनले भने, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको कुरा हामी सबैले नोटिस राखेका छौं ।