मंसिर २९, २०७८ काठमाडौं । नेपाली काँग्रेसको सभापति पदमा पराजित भएका डा। शेखर कोइरालाले आफूहरु भागबण्डा र गुटबन्दीको राजनीतिमा नलाग्ने बताएका छन् । उनले महाधिवेशन प्रतिनिधिहरुले आफूलाई माया गरेर मत दिएको भन्दै उनले यही माया बोकेर नयाँ ढंगले अघि बढ्ने बताए । महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन आयोजित कार्यक्रममा उनले १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा विजयी भएको र आफूले बिहानै देउवालाई बधाईसमेत दिएको बताए । उनले चार वर्षका लागि अब काँग्रेसको नेतृत्व देउवाले पाएको उल्लेख गरे ।