मंसिर २७, २०७८ काठमाडौं । नेकपा ९ माओवादी केन्द्र ० को उपत्यका विशेष प्रदेशको प्रथम सम्मेलनबाट अध्यक्षमा जगत सिम्खडा र सचिवमा सुरेन्द्र बस्नेत निर्वाचित भएका छन् । यसैगरी सम्मेलनले उपाध्यक्षमा कृष्णराज केसी, सङ्गीता खड्का र प्रकाश पाण्डे, सहसचिवमा गोगन मल्ल , विष्णु थापा र कोषाध्यक्षमा शंकर अधिकारीलाई निर्वाचित गरेको छ। शनिबार काठमाडौँमा उद्घाटन भई आइतबार रातिसम्म चलेको बन्द सत्रमा सर्वसम्मत रूपमा १४१ सदस्यीय प्रदेश समितिको घोषणा निर्वाचन समितिका प्रमुख डा.जगतकृष्ण पोखरेलले गर्नुभएको थियो