Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

भृकुटीमण्डपमा कांग्रेस १४औं महाधिवेशनको चहलपहल, प्रतिनिधि जम्मा हुँदै

मंसिर २४, २०७८ काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा कांग्रेसको १४औं महाधिवेशनको चहलपहल सुरु भएको छ । केहीबेरमा महाधिवेशनको उद्घाटन समारोह हुनेछ । यतिबेला भृकुटीमण्डपमा प्रतिनिधिहरू आउने क्रम जारी छ । महाधिवेशनको सुरक्षाका लागि करिब ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । कांग्रेसले कोरोना संक्रमणलाई मध्यनजर गर्दै महाधिवेशनमा काठमाडौं उपत्यकाबाहिरबाट मानिस नल्याउने भएको छ । त्यस्तै उद्घाटन समारोहअगाडि र्‍याली पनि ननिकालिने कांग्रेसले जनाएको छ । महाधिवेशनस्थलमा मास्क अनिवार्य गरिएको छ ।