Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

नेपालमै मोबाइल उत्पादन गरे सरकारले सहयोग गर्ने अर्थमन्त्रीको भनाई

मंसिर १५, २०७८ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न मोबाइल व्यवसायीहरुलाई आग्रह गरेका छन् । यसका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको उनले बताए । बुधबार नेपाल मोबाइल वितरक संघको महाधिवेशन उदघाटन गर्दै अर्थमन्त्री शर्माले सो कुरा बताएका हुन् । उनले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तत्काल लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको जानकारीसमेत दिए ।