Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

नेपाललाई दिइने ऋण सहायता सहुलियतपूर्ण बनाउन अर्थमन्त्री महतको आग्रह

असोज २४ ,२०८० काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले, नेपाललाई ऋण सहायता सहुलियतपूर्ण बनाउन आगैह गरेका छन् । बुधबार विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)को संयुक्त वार्षिक बैठकमा अर्थमन्त्री महतले जलवायू परिवर्तनको गैरअनुपातिक असर परेको नेपाल जस्ता साना अर्थतन्त्र भएका मुलुकका लागि प्रवाह गरिने ऋण सहायता अझ बढी सहुलियतपूर्ण बनाउनु पर्ने र त्यस्ता मुलुकमा क्षमता विकासका कार्यक्रममा लगानी गर्नुपर्ने बताएका हुन् ।