असोज १९, २०८० काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा निर्वाचित भएका छन् । बिहीबार भएको मतदानमा मायानाथ अधिकारीलाई १६६ मतले हराउँदै उनी प्रथम अधिवेशनबाट अध्यक्ष चयन भएका हुन् । नवराजले ५३१ मत पाउँदा मायानाथको पक्षमा ३५५ मत खसेको थियो ।