Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

सहकारी हिनामिनाः सहमति जुटाउन शीर्ष नेतासहितको संयुक्त बैठक बस्दै

जेठ १४, २०८१ काठमाडौं । सहकारीको रकम अपचलन, हिनामिना र अनियमितताका सन्दर्भमा संसदीय छानबिन समिति गठनको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन शीर्ष नेतासहित कार्यदल सदस्यको संयुक्त बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेतासहित कार्यदल सदस्यहरूको बैठक सोमबार बिहान नौ बजेका लागि बोलाइएको हो । बैठकका लागि नेताहरू अहिले बालुवाटार पुग्ने क्रम जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।