फागुन १९, २०७९ काठमाडौं । युएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु शृखंलाको आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनीसँग खेल्दैछ । नेपाली दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार पौने १२ बजे सुरु हुनेछ । बिहीबार युएईसँग ६८ रनले पराजित भएपछि लगातार पाँच खेलको जित शृखंलामा ब्रेक लागेको नेपाल पपुवा न्युगिनीविरुद्धको खेलमा पुनरागमन गर्दै जित निकाल्ने लक्ष्यमा छ । नेपालले शृखंलाको पहिलो खेलमा पपुवा न्युगिनीलाई ४ विकेटले पराजित गरेको थियो ।