चैत १८, २०७८ काठमाडौं। अष्ट्रेलियासँगको दोस्रो एकदिवसीय क्रिकेट पाकिस्तानले ६ विकेटले जितेको छ । लाहोरमा गएराति अष्ट्रेलियाले दिएको तीन सय ४९ रनको विशाल लक्ष्य पाकिस्तानले एक ओभर बाँकी छँदै मात्र चार विकेट गुमाएर भेटायो । पाकिस्तानले हिजो एकदिवसीयमा अहिलेसम्मकै धेरै रनको लक्ष्य पछ्याएर विजयी भएको कीर्तिमान समेत बनाएको छ । उसका लागि कप्तान बाबर आजम र ओपनर इमाम उल हकले शतक बनाए ।