असोज ७, २०७६ काठमाडौं । अघिल्ला दुवै संस्करणमा च्याम्पियन भएको नेपाली युवा टिम हलचोकमा भइरहेको साफ यू-१८ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ । भुटान र माल्दिभ्सले मंगलबार गोलरहित खेल्दै सेमिफाइनल यात्रा तय गरेपछि नेपालले इतिहासकै सबभन्दा खराब नतिजा बेहोरेको हो ।