Trending :
 
खेलकुद पृष्‍ठ
प्रमुख समाचार
 

मंसिर १५ देखि हुने दक्षिण एसियाली खेलकुदको तालिका सार्वजनिक

कार्तिक २०,२०७६ काठमाडौं। यही मंसिर १५ गतेदेखि नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को खेल तालिका सार्वजनिक भएको छ । पछिल्लो तालिका अनुसार आयोजक नेपालले मात्रै सबै २७ खेलमा सहभागिता जनाउँदैछ । बंगलादेश र श्रीलंकाले २५-२५ खेलमा सहभागिता जनाउँदा भारतले यसपटक १७ वटा खेलमा मात्रै सहभागिता जनाउने निश्चित गरेको छ । नेपालले पदकको आशा गरेको कराँते, तेक्वान्दो लगायत कबड्डी, आर्चरी, गल्फ, टेबल टेनिस, लनटेनिस, क्रित्रेट जस्ता खेलहरुबाट भारतले हात झिकेको हो ।