278 Views

फोरजी विस्तारका लागि ६५ प्रतिशत सर्भे

नेपाल टेलिकमको फोरजीरएलटीई सेवा विस्तारका लागि ६५ प्रतिशत क्षेत्रमा सर्भे सकिएको छ । कोर नेटवर्कका लागि उपकरणको आयात पनि सुरु भएको छ । फोरजीरएलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क र्‍यानको लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङले जिम्मा पाएका छन् । ...

375 Views

नयाँ वर्षमा टेलिकमको उपहारः दुई सय मिनेट कुरा गर्न पाईने

नेपाल टेलिकमले नयाँ वर्ष २०७६ को अवसरमा आफ्नो योजना सार्वजनिक गरेको छ। नयाँ वर्षको अवसरमा टेलिकमले आफ्ना ग्राहकलाई दुई सय रुपैयाँको डाटा प्याक उपलब्ध गराउने भएको छ। नेपाल टेलिकमले शुक्रबार विज्ञयप्ती जारी गर्दै चैत ३० गतेदेखि बैशाख तीन गतेसम्म खरिद गर्नेगरी दुई सय रुपैयाँको डाटा उपलब्ध गराउने जानकारी गराएको हो। ...

472 Views

यस्तो डिजाइनमा आउँदैछ भीभो भी १५ प्रो, ३२ मेगापिक्सेलको पप–अप सेल्फी क्यामरा

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर भीभो आफ्नो भी सिरिजको नयाँ स्मार्टफोन ल्याउने तयारीमा छ । कम्पनीले यहि फेब्रुअरीमा छिमेकी मुलुक भारतमा र मार्चको पहिलो साता नेपाली बजारमा भीभो भी १५ Vivo V15 र भीभो भी १५ प्रो Vivo V15 Pro नामक स्मार्टफोन ल्याउँदैछ । हालै भीभोले आफ्नो नयाँ स्मार्टफोनको टिजर सार्वजनिक गरेको छ । जसमा पप–अप Pop-Up सेल्फी क्यामरा राखिएको देखाईएको छ । यस्तो डिजाइनमा भीभोले यसअघि भीभो नेक्स स्मार्टफोन ल्याएको थियो । सोहि थीमलाई भी १५ सिरिजमा पनि कायम राखिएको छ । ...

440 Views

इसेवा दशौँ वर्षमा प्रवेश

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा फोन पे प्रा.लि’ दशौँ वर्षमा प्रवेश गरेको छ । २००९ को अन्त्यमा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवा हाल देशका हरेक कुनाकाप्चामा पु¥याएको छ । ...

507 Views

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन् । खुला प्रतिस्पर्धाबाट छानिएका अन्तिम तीनजना मध्ये सबैभन्दा बढी नम्बर पाउने अधिकारीलाई मन्त्रिपरिषदले टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको हो । सरकारले सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा छनौट समिति गठन गरेको थियो । समितिले अन्तिम तीनजनामा नम्बरका आधारमा डिल्लीराम अधिकारी, बुद्धि आचार्य र संगीता पहाडीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । नेपाल टेलिकमको दशौं तहमा कार्यरत अधिकारीलाई कार्यक्षमता र योजनाका आधारमा टेलिकमको नेतृत्व दिइएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । ...

954 Views

नवकिरण आश्रमलाई नेपाल बैंकको सहयोग

नेपाल बैंक लिमिटेडले नवकिरण बाल आश्रमलाई सहयोग गरेको छ l बैंकले शनिबार ललितपुर हात्तीवन स्थित नवकिरण अनाथ असहाय वाल उत्थान समाजलाई नगद रु. तिन लाख राशी सहयोग प्रदान गरेको हो l नेपाल बैंकको ब्यवासायिक सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संस्थालाई उक्त रकम सहयोग गरेको हो l बैंकका अध्यक्ष जनार्दन आचार्यले सामाजिक सेवामा बिगत १९ बर्षदेखि अनुकरणीय कार्य गर्दै आएको नवकिरण अनाथ असहाय वाल उत्थान समाजलाई बालबालिकाहरुको सेवा कार्यमा टेवा पुर्याउने उद्धेश्यले बैंकको तर्फबाट रु. तिन लाख रुपैयाको चेक संस्थाका संरक्षिका एवं अध्यक्ष आमा सावित्री पोखरेललाई हस्तान्तरण गर्नुभयो l ...

443 Views

फेसबुकले हटायो ३२ वटा शंकास्पद खाता

अमेरिकाकी आन्तरिक सुरक्षासम्बन्धी मन्त्रीले मध्यावधि चुनावलाई प्रभावित गर्ने उद्देश्यले खोलिएको देखिएका ३० वटा खाता बन्द गर्न फेसबुकले गरेको निर्णयको स्वागत गरेकी छन । कियसर््िटन निल्सनले चुनावमा हस्तक्षेप गर्ने कुनै पनि प्रयास प्रजातन्त्रमाथि प्रत्यक्ष हमला भन्दै अमेरिकाले त्यस्तो कुनै दखल नसहने बताइन् । फेसबुकले झण्डै १० हजार पोष्ट र १ सय ५० वटा विज्ञापन हटाएको हो । ...

531 Views

इन्टरनेटको शुल्क नबढ्ने, उपभोक्ताले १३ प्रतिशत सेवा शुल्क तिर्नु नपर्ने

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा व्यक्त गर्नुभएको प्रतिबद्धताबमोजिम इन्टरनेटमा वृद्धि भएको शुल्क घटेको छ। मन्त्री बाँस्कोटाले संघीय संसद्मा अत्यावश्यक आवश्यकता बनिसकेको इन्टरनेटको अन्तर्राष्ट्रिय बजारमा नै मूल्य घटेको बताउँदै उपभोक्तालाई थप शुल्क नलाग्ने बताएका थिए। मन्त्रालयमा विहीबार भएको छलफलमा इन्टरनेटको सेवामा लाग्ने भनिएको १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क नलाग्ने निर्णय भएको हो। ...

494 Views

विदेशी नम्बरबाट आएको फोन नउठाउन टेलिकमको अनुरोध

नेपाल टेलिकमले विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउन आग्रह गरेको छ । शनिबारदेखि नेपाली उपभोक्ताको मोबाइलमा अज्ञात विदेशी नम्बरबाट फोन आइरहेको छ । यसबारे सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमा चासो समेत व्यक्त भइरहेका बेला टेलिकमले आइतबार उक्त कल रिसिभ नगर्न आह्वान गरेको हो । ...

789 Views

पाइरेसी नियन्त्रण गर्न ‘फोपी एप’ सार्वजनिक

सर्जक र स्रष्टा अनुबन्धित कृतिहरुलाई सहज माध्यमबाट दर्शक र स्रोतामाझ पुर्याउने र सिर्जना चोरी (पाइरेसी) नियन्त्रण गर्ने उद्देश्यले ‘फोपी एप’ सार्वजनिक गरिएको छ । नेपाली मनोरञ्जन उपभोक्ताको माग र कला क्षेत्रमा आफ्नो मेहनतले चलचित्र, गीत, सिरिज तथा अरु सामग्री बनाउनेहरुलाई उचित लाभ हुने गरी यो एपले सेतुको काम गर्ने एप निर्माता ’आविष्कार टेक्नोलोजी’का प्रमुख कार्यकारी अधिकृत प्रशान्तराज कार्कीले बताए । ...