बुधबार लण्डनको एक २४ तले भवन ग्रेनफेल टावरमा लागेको आगलागीमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । प्रहरीले घटनामा परी १२ जनाको मृत्यु भएको र अझै मृतकको संख्या बढ्न सक्ने जनाएको छ । लण्डन एम्बुलेन्स सर्भिसले १८ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भइरहेको जनाएको छ । उद्दार अभियानका प्रमुख पल उडरोले भने, ‘अस्पतालमा ६८ जनाको उपचार भइरहेको छ । केहीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।’ सो घटनामा परी कति जनाको मृत्यु भयो, कति घाइते भए र आगलागीको समयमा सो भवनमा कति मानिस थिए भन्नेबारेमा अझै