Trending :
 
अन्तर्राष्ट्रिय पृष्‍ठ
प्रमुख समाचार
 

विवादास्पद मिसाइलप्रतिरोधी प्रणाली (थाड) बारे अमेरिका र चीनसँग गम्भीर छलफल गर्ने:राष्ट्रपति मुन जाय–इन

दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति मुन जाय–इनले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि आफूले जस्तोसुकै पनि कदम चाल्ने बताएका छन् । सोलस्थित नेसनल एसेम्ब्लीमा शपथ लिएलगत्तै बोल्दै उनले उत्तरसँग सम्बन्ध राख्न इच्छुक रहेको बताएका हुन् । ‘आवश्यक पर्‍यो भने म अहिल्यै वासिङ्टन पनि जान सक्छु,’ उनले भने, ‘बेइजिङ या टोकियो जान सक्छु र उपयुक्त समयमा प्योङयाङ पनि जान सक्छु । उनले विवादास्पद मिसाइलप्रतिरोधी प्रणाली (थाड) बारे अमेरिका र चीनसँग गम्भीर छलफल गर्ने पनि बताए ।