अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियाको आणविक हतियार भण्डारण नष्ट गर्न चिनियाँ सहयोग अपेक्षा गरिएको खुलासा गरेका छन्। यस विषयमा चीनसँग राष्ट्रपति डोनाल्ड ट्रम्पले सौहार्दपूर्ण कुराकानी गरेको र उत्तर कोरियाको आणविक हतियार नष्ट गर्न दबाब दिन चीनको असाधारण सहयोग र योगदानको अपेक्षा गरेको उपराष्ट्रपति पेन्सले खुलासा गरे।