उत्तर कोरियाले सोमबार फेरि अर्को ब्यालिस्टिक मिसाइल परीक्षण गरेको छ । तीन साताभित्र उत्तरले गरेको यो तेस्रो परीक्षण हो । मध्यम दूरीको यो मिसाइल २ सय ४८ माइल उडेर जापानको विशेष आर्थिक क्षेत्रभित्र खसेको थियो । जापानी अधिकारीका अनुसार उक्त क्षेत्र व्यावसायिक जहाजहरू सञ्चालन हुने क्षेत्र हो । मिसाइल जापानी तटीय क्षेत्रको २ सय नटिकल माइलभित्र खसेको थियो ।