Trending :
 
अन्तर्राष्ट्रिय पृष्‍ठ
प्रमुख समाचार
 

ब्राजिली राष्ट्रपतिलाई साढे ९ वर्षको जेल सजाय

ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला डा. सिल्भालाई भ्रष्टाचारको आरोपमा साढे ९ वर्षको जेल सजाय सुनाइएको छ । उनीमाथि राज्यनियन्त्रित तेल कम्पनी पेट्रोब्रासबाट घुसस्वरूप समुद्री तटमा पर्ने १० लाख डलर मूल्यबराबरको अपार्टमेन्ट लिएको अभियोगमा दोषी ठहर गरिएको हो । डा. सिल्भाका वकिलले जेल सजायका विरुद्ध पुनरावेदन गरिने जानकारी दिएका छन् । सिल्भाले आफूमाथि लागेको आरोप राजनीतिबाट प्रेरित रहेको भन्दै अस्वीकार गर्दै आएका छन् । लुलाको दलका नेता कार्लोस जराटिनीले अदालतको निर्णय राजनीतिक प्रकृतिको भएको