भारतीय रेल सेवाका चार जना अधिकारीलाई रेलवे मन्त्रालयले निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा भारतीय रेलवे मन्त्रालयका सचिव पनि रहेका छन् । उत्तर प्रदेशमा शनिबार भएको रेल दुर्घटनामा उनीहरूको लापर्बाही देखिएको ठहर गर्दै निलम्बन गरिएको मन्त्रालयले जानकारी दिएको छ । भारतको उत्तर प्रदेशमा भएको रेल दुर्घटनामा परी सोमबार मात्र कम्तीमा २३ जनाको मृत्यु भएको थियो । सो दुर्घटनामा अरू ४० जना घाइते भएका थिए । रेलमार्गमा रेल रोकेर यात्रु उतार्ने क्रममा शनिबार अपराह्न सो रेल दुर्घटनाग्रस्त भएको थियो । रेलले लिक