समाचार हरु
प्रमुख समाचार
 

सेयरबजारमा झिनो अंकको वृद्धि

वैशाख १२, २०८१ काठमाडौं । क्रेता-बिक्रेताको तीव्र प्रतिस्पर्धाबीच बुधबार सेयरबजारमा झिनो अङ्कको वृद्धि भएको छ । आज तीव्र उतारचढाव भएर अन्त्यमा बजार बढेरै बन्द भएको हो । सोमबार १५.४१ अङ्कले घटेको सेयरबजार आज भने ०.१५ अङ्कले बढेर १९६९.१७ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल २ अर्ब ५ करोड ८३ लाख ५ हजार १ सय ८५ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९ सय ९८ रुपैयाँ पुगेको छ ।