
कात्तिक १४, २०८० काठमाडौं । लामो समयदेखि रोकिएको स्वदेश फिर्ता योजनाअन्तर्गत रोहिङ्ग्या शरणार्थीहरूलाई भेट्न म्यान्माका अधिकारीहरू बङ्गलादेश आइपुगेको अधिकारीहरूले बताएका छन् । बङ्गलादेश करिब १० लाख रोहिङ्ग्या शरणार्थीहरूको घर हो । यीमध्ये अधिकांश सन् २०१७ मा म्यान्माको सेनाको हिंसात्मक कारवाहीपछि भागेका हुन् ।