श्रावण ६,२०८० काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खडकाले सम्हाल्ने गरी तोक्नुभएको छ । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्कालाई दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।