Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

दोषजति सबै सभापतिलाई मात्रै थोपरेर टार्ने काम नगर्न कांग्रेस नेताहरुलाई आग्रह

साउन ३, २०८० काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्दबहादुर शाहले पार्टीमा नेताहरूले दोषजति सबै सभापतिलाई मात्रै थोपरेर टार्ने काम भइरहेको बताएका छन् । केन्द्रीय कार्यसमितिको जारी बैठकमा धारणा राख्दै केन्द्रीय सदस्य शाहले पार्टीका हरेक निर्णयमा पदाधिकारी र कार्यसम्पादन समितिमा रहेका नेताहरू पनि संलग्न रहेको बताए ।