चैत्र ९, २०७८ काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले फलामे छड (डन्डी)को भाउ बढ्नुका कारण पेस गर्न डन्डी उद्योगीलाई निर्देशन दिएको छ । डन्डीको भाउ बढेको गुनासो आउन थालेपछि विभागले डन्डी उद्योगीलाई बढ्नुको कारण आवश्यक कागजातसहित उपस्थिति हुन निर्देशन दिएको हो । निर्माण व्यवसायीले मूल्य बढ्यो भन्दै विभागमा उजुरी गरेपछि विभागले मङ्गलबार उद्योगीसँग गरेको छलफलपछि यस्तो निर्देशन दिएको विभागले जनाएको छ । विभागका अनुसार छलफलमा नेपाल स्टील रोलिङ मिल एसोसिएसनका अध्यक्ष साहिल अग्रवालको नेतृत्वमा