पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

गिद्धले तीन वर्षदेखि चल्ला कोरल्न छाडे

फागुन २६, २०७८ काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा तीन वर्षदेखि नयाँ चल्ला निस्कन सकेको छैन । सन् २००६ मा स्थापना गरी धेरै प्रजनन गराएर वनमा छाड्ने योजना रहेकोमा तीन वर्षदेखि एउटा पनि नयाँ चल्ला निस्कन नसकेको हो । प्रजननका लागि आवश्यक वातावरण, खाद्य सामग्री, उपचार गरे पनि उपलब्धि हासिल हुन सकेको छैन, चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले बताउनुभयो । स्थापना भएको १६ वर्ष भयो, यो अवधिमा १८ वटा चल्ला कोरल्न सफल भएको छ ।