फागुन १५, २०७६ काठमाडौं । जुम्लाको हिमा गाउँपालिका–६ स्थित महाबैपाथरखोलका कृषक छत्रबहादुर अधिकारीको भेडीखर्कमा रहेका २० भेडा मरेका छन् । अज्ञात रोगले मङ्गलबार ती भेडा मर्दा झण्डै डेढ लाख बराबरको क्षति भएको उनले जानकारी दिए । “भुँडी ढाडिइ पहेँलो पातलो दिसा गरेर भेडा मरे। ” कृषक अधिकारीले भने । अहिले त्यस्तो रोग भेडीखर्कमा फैलिएको छ । नियन्त्रणमा कुनै पहल भएको छैन । “जीविकोपार्जन गर्न सानाठूला गरी ६५ भेडा पालेको थिए । २० मरिसके । अझ कति मर्ने हुन् । रोग फैलिएको छ ।”
भी३० स्मार्टफोनमा आकर्षक विशेषता र डिजाइन हुने अनुमान, प्रयोगकर्ताहरुमा उत्साह
फागुन १८, २०८० काठमाडौं । होटल सोल्टीमा बिहीबार आयोजित प्रेस मिटमा नेपाल आइडल सिजन–५ की जज इन्दिरा जोशीले रिलिज हुनै बाँकी नयाँ भिभो भी३० प्रयोग गरेको देखिएपछि स्मार्टफोन प्रयोगकर्ताहरुमा उत्साह थपिएक