Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

गठबन्धन नै देशलाई रुवान्डा बनाउने खेलमा लागेको सांसद न्यौपानेको आरोप

भदौ १०, २०८० काठमाडौं । राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले, सत्तारुढ गठबन्धन नै देशलाई रुवान्डा बनाउने खेलमा लागेको आरोप लगाएकी छिन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा, सांसद भगवती न्यौपानेले, देशलाई रुवान्डा बनाउने खेल भइरहेको र त्यसमा गठबन्धन नै संलग्न रहेको भन्दै आक्रोश पोखेकी छिन् ।