Trending :
 
पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

राजधानी जसरी पनि हेटौँडा राख्न नेताहरूलाई नेकपा हाइकमान्डको पुनःनिर्देशन

पुस २३, २०७६ काठमाडौँ सत्तारूढ नेकपाले प्रदेश ३ को राजधानी जसरी पनि हेटौँडा कायम राख्न पार्टी नेताहरूलाई पुनः निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साढे १० देखि साढे २ बजेसम्म सम्बन्धित प्रदेशका पदाधिकारी, दलका पदाधिकारी र मन्त्रीका कुरा सुनेर अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलले प्रदेशको नाम बागमती र राजधानी हेटौँडा जसरी पनि कायम गर्न निर्देशन गरेका हुन्।