Trending :
 
पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

फिफा विश्वकपको स्टेडियम बनाएका कामदारले तीन वर्षपछि तलब पाए

माघ २४,२०७६ काठमाडौं । कतारले विश्वकप फुटबल खेलको आयोजना गर्न बनाएको स्टेडियममा बिनातलब ६ महिना काम गरेर रित्तो हात फर्किएका नेपालीले ३ वर्षपछि तलब सुविधा पाएका छन् । सन् २०२२ को फिफा विश्वकपको संरचना निर्माणको जिम्मा पाएको मर्करी मिना नामक कम्पनीलाई ३४ नेपाली श्रमिकलाई बिनातलब नेपाल फर्किएपछि नेपाल सरकारले लामो समयसम्म गरेको प्रयासपछि तलब दिलाएको हो ।