Trending :
 
पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

अब स्थल मार्गबाट पनि विदेशी आउन नपाउने

फागुन ३०,२०७६ काठमाडौं । ‘अनअराइभल भिसा वैशाख १८ सम्म बन्द’ हुने र ‘स्थल मार्गबाट पनि विदेशी आउन नपाउने’ भएका छन्। कोरोना भाइरस (कोभिड-१९) संक्रमणको त्रास बढेसँगै नेपाल र भारतबीच आउजाउका लागि केही निश्चित सीमा नाका मात्र सञ्चालन गरिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बिहीबार बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले व्यवस्थित भन्सारसहितका नाकाबाट मात्र स्वास्थ्य परीक्षण गरी आवागमन गराउन व्यवस्था मिलाउने निर्णय गरेको छ ।