माघ १६, २०८० काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २० औं संस्करणका विजेताहरुलाई बिमा कम्पनी युनाइटेड अजोड इन्स्योरेन्स प्रालिले ७ लाख रुपैंयाँ बराबरको खेलकुद बिमा पोलिसी प्रदान गर्ने भएको छ । यहि माघ २८ गते होटल याक एण्ड यतिमा आयोजना हुने अवार्ड समारोहमा प्रदान गरिने ९ मध्ये एसियन स्पोर्टस जर्नालिस्ट अवार्डबाहेक आठ विधाका विजेतालाई युनाइटेड अजोडले एक वर्षका लागि उक्त पोलिसी प्रदान गर्ने भएको हो ।