खेलकुद पृष्‍ठ
प्रमुख समाचार
 

त्रिकोणात्मक टी-२० सिरिजः नेपालद्वारा गुजरात ८ विकेटले पराजित

चैत १८, २०८० काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत आइतबार जारी खेलमा नेपालले गुजरातलाई ८ विकेटले पराजित गरेको छ। नेपालले ९९ रनको लक्ष्य १५.२ ओभरमा पूरा गरेको हो। नेपालका लागि ब्याट्सम्यान अनिल शाहले सर्वाधिक ३२ रन बनाए। यस्तै कप्तान रोहित पौडेलले २६ बल खेल्दै ३१ रन जोडे। कुशल भुर्तेलले १५ बलमा १७ रन बनाए। यस्तै आशिफ शेखले १५ बल खेल्दै १६ रनको योगदान दिए।