Trending :
 
खेलकुद पृष्‍ठ
प्रमुख समाचार
 

टी-२० विश्वकपमा क्यानडाको ऐतिहासिक जित

जेठ २६, २०८१ काठमाडौं । आईसिसी टी-२० विश्वकपमा क्यानडाले ऐतिहासिक जित निकालेको छ । शुक्रबार राति भएको समूह ‘ए’को खेलमा क्यानडाले आयरल्याण्डमाथि १२ रनको ऐतिहासिक जित निकालेको हो । टस जितेर सुरुमा फिल्ड रोजेको आयरल्याण्डलाई क्यानडाले १३८ रनको लक्ष्य दिएको थियो । आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १२५ रन मात्र बनाउँदै क्यानडासँग १२ रनको हार खाएको हो ।