महाकवी लक्ष्मीप्रसाद देवकोटाको कृति ‘मुनामदन’मा आधारित नाटक बुधबारबाट शिल्पी थिएटरमा मञ्चन हुने भएको छ । विराटनगरको विराट आदर्श साहित्य मञ्चले शिल्पीमा सो नाटक मञ्चन गर्न लागेको हो । मुनामदनलाई यसअघि पनि मञ्चले विराटनगरमा प्रदर्शन गरिसकेको छ । देवकोटाको कृतिमा आधारित ‘मुनामदन’ १३ देखि २६ भदौसम्म बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुँदै छ । केन्द्रबाहिर पनि उत्कृष्ट नाटक प्रदर्शन हुन सक्छ र कलाकार छन् भन्ने उदाहरण दिन काठमाडौंमा मञ्चन गर्न लागिएको मञ्चका अध्यक्ष दीपक कटवालले बताए ।