
असोज २३, २०८० काठमाडौं । सरकारले आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई वार्तामा बोलाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले, एक विज्ञप्ति जारी गर्दै मागको सम्बोधन छलफलबाट नै हुने भन्दै वार्तामा आउन आग्रह गरेको हो । वार्ताबाटै समस्याको समाधान हुने प्रतिबद्धतासहित कर्मचारीलाई काममा फर्कन समेत सरकारले आग्रह गरेको छ ।