असोज २४, २०८० काठमाण्डौ । सार्वजनिक लेखा समितिले, बेरुजुको अद्यावधिक लगत तत्काल उपलब्ध गराउन सबै सरकारी निकायलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले, सबै मन्त्रालय तथा निकायहरूले असुलउपर गर्नुपर्ने वा तिर्नु बुझाउनुपर्ने बेरुजुको अद्यावधिक लगत समितिलाई उपलब्ध गराउन निर्देशन दिएको हो ।