चैत १६, २०७८ काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको चैत ११ गते शुक्रबारदेखि बसेको केन्द्रीय समितिको बैठक मंगलबार सम्पन्न भएको छ । बैठकले स्थानीय परिस्थति र आवश्यकता अनुसार गठबन्धन गरेका दलहरुसँग चुनावी तालमेल गर्ने नीतिगत निर्णय गरिएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानमा काँग्रेस जिवयी हुने बलियो परिस्थिति र आधार बनेको र जुन–जुन स्थानीय तहमा तालमेल हुने हो त्यहाँ आवश्यक संयन्त्र बन्ने उहाँले बताउनुभयो ।स्थानीय तहका उममेदवारका लागि भने पा