चैत २२, २०७८ काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्वर २८ को वडाध्यक्षमा कांग्रेसका इन्द्र रत्न बर्ज्रचार्य सम्भावित प्रत्यासीका रुपमा देखिएका छन् । समाजसेवामा समेत सक्रिय रहेका बर्ज्रचार्यलाई वडाको थप विकास र सेवाका लागि आगामी स्थानिय तहको निर्वाचनमा सम्भावित उम्मेद्वारको रुपमा अघि सारिएको हो । बर्ज्रचार्य काठमाडौं जेसिजका पूर्व अध्यक्ष समेत हुन भने लायन्स क्लब लगाएतका विभिन्न संघसंस्थामा आवद्ध भएर सामाजिक सेवामा सक्रिय रहदै आएका छन् ।