Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठित समितिको कार्यविधि पास, सीसीटीभी फुटेज हेर्नेसम्मका कुरा समावेस

असार २८, २०७९ काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको विषयमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय समितिको पहिलो बैठकले कार्यविधि पास गरेको छ। सिंहदरबारमा बसेको बैठकले छानबिनका क्रममा गरिने कार्यहरुलाई उक्त कार्यविधिमा समेटेको हो। कार्यविधिअनुसार समितिले अर्थमन्त्रालयबाट कागजात मगाउने, सीसीटीभी फुटेज मगाउने, बजेट निर्माणमा संलग्नसँग सोधपुछ गर्ने र स्थलगत अनुगमन गर्नेछ। समितिकी सदस्य विमला बिकका अनुसार पहिलो बैठक छानबिनका लागि कार्यविधि तय गर्नैम