मङ्सिर १६,२०७७ काठमाडौं । ओमानले अब नयाँ नेपाली श्रमिक लिने भएको छ । एक सूचना जारी गर्दै ओमानस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण पुनः थालिएको जनाएको छ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले योग्य कम्पनीहरूबाट आएको मागपत्र मात्र प्रमाणीकरण गरिने बताइन् । मागपत्र प्रमाणीकरण हुने भएपछि अब नेपालबाट नयाँ श्रमिकका लागि रोजगारी खुला भएको छ । यसअघि भिसा लगेर बसेका नेपाली श्रमिकहरु पनि अब प्रवेस पाउने छन् ।