कार्तिक ३०, २०७८ काठमाडौं । देश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश रायलाई बर्खास्त गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी) लाई प्रदेश सरकारमा सामेल गराउन रायलाई बर्खास्त गरिएको हो । यसअघि कात्तिक २८ मा मुख्यमन्त्रीले निवासमै बोलाएर मन्त्री रायलाई राजीनामा गर्न आग्रह गर्नुभएको थियो । तर, उहाँले अस्वीकार गरेपछि बर्खास्त गरिएको हो ।