पुस २८,२०७६ काठमाडौं । तेहरान । इरानकी एकमात्र महिला ओलम्पिक पदक विजेता किमिया अलिजादेशले देश छोड्ने बताएकी छन् । २१ वर्षीया उनले यसबारेमा सामाजिक सञ्जालमा लेखेकी छन्, ‘‘पाखन्ड, झूठ, अन्याय र चाप्लुसी’को हिस्सा बन्न चाहन्न ।’’ उनले आफूलाई इरानमा सताइएका लाखौं महिला मध्येमा एक भएको जनाएकी छन् । किमियाले आफू कहाँ छु नभने पनि तालिमको सिलसिलामा उनी नेदरल्यान्डसमा भएको हुन सक्ने इरानी मिडियाले जनाएका छन् ।