‘मिस ब्लयाक युनिभरसिटि अफ टेक्सस’की विजेता अहिले विवादमा परेकी छन् । उपाधिको नाम मिस ब्लयाक युनिभरसिटि भए पनि उनि ब्लयाक अर्थात काली नभएकै कारण विवादमा परेकी हुन् । कप्पा अल्फा सीले आयोजना गरेको ‘मिस ब्लयाक युनिभरसिटि अफ टेक्सस’को उपाधि आइतबार राचेल मालोंसन(२२) ले प्राप्त गरेकी हुन् । मालोंसन जसका पिता काला वर्गका छन् र आमा गोरी छिन्; र उनि आफु गोरी भएका कारण विवादमा परेकी हुन् । सामाजिक संजालमा उनको चर्को आलोचना भएको छ ।