Trending :
 
मनोरंजन पृष्‍ठ
प्रमुख समाचार
 

भारतीय अभिनेता विनोद खन्नाको निधन

चर्चित बलिउड कलाकार विनोद खन्नाको आज विहान ७० वर्षको उमेरमा निधन भएको छ । एचआर रिलायन्स हस्पिटलका अनुसार उहाँको निधन आज विहान ११:२० बजे भएको हो । सन् १९६८ बाट उनले अभियन यात्रा शूरु गरेका खन्ना पछिल्लो समय ब्लड क्यान्सरपीडित हुनुहुन्थ्यो । खन्नाले सन् १९६८ मा ‘मन का मितु चलचित्रमार्फत बलिउडमा डेब्यु गर्नुभएको थियो। भिलेनको भूमिकामार्फत अभिनय सुरु गर्नुभएका खन्ना सुपरहिट अभिनेता बन्न सफल हुनुभयो ।