
असोज २९ ,२०८० काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको निरीक्षण गरेका छन् । उनले, आन्तरिक विमानस्थलमा संचालनमा रहेका पसलहरुले महंगो मूल्य लिएको गुनासो आएपछि अनुगमनका लागि पुगेका हुन् । टर्मीनलमा रहेका पसलमा राखिएका सामानको मूल्य अत्यधिक भएको र हवाई टिकटमा पनि बढी रकम लिइएको गुनासो आएपछि मन्त्री किराती अनुगमनका लागि पुगेका हुन्। उनले आज विहानै पनि सरोकारवालासंग छलफल भएको र कम भाडा लिन सरोकारवालहरु तयार रहेको ब