Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

आगामी बजेटमा प्रशासनिक खर्च घटाउने अर्थमन्त्री महतको घोषणा

वैशाख २७, २०८० काठमाडौं । अर्थमन्त्री डा. प्रकाशरण महतले प्रशासनिक खर्च घटाउने घोषणा गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा प्रिबजेटमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो घोषणा गरेका हुन् । ‘अब हामीले खर्च कम गर्ने ठाउँ कहाँ छ? प्रशसनिक लागत जुन छ त्यसलाई कम गर्ने लक्ष्य छ । बजेटमा अझ स्पष्टसँग भनौंला’ उनले भने ।