जमैकाका धावक उसेन बोल्टले मोनाकोमा भएको डायमन्ड लिगको सय मिटर दौडमा स्वर्ण पदक जितेका छन् । आठवटा ओलम्पिक पदक विजेता बोल्टले अमेरिकाका इसिहा यंगलाई पछाडि पार्दै ९ दशमल ९५ सेकेन्डमा सय मिटर दूरी पूरा गरे । उनले यस वर्ष १० सेकेन्डभन्दा कम समयमा सो दूरी पूरा गरेको पहिलोपटक हो । यंगले भने ९ दशमल ९८ सेकेन्डको टाइमिङ निकालेका थिए । दक्षिण अफ्रिकाका अकानी सिमबाइनले १० दशमल शून्य २ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते । बोल्टले एक महिनापछि लन्डनमा हुने विश्व च्याम्पियनसिपपछि सन्न्यास लिदै छन् ।